काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा करातेको महिला ४५ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा नेपालकी कुसुम खड्काले स्वर्ण पदक जितेकी छिन्।
योसँगै नेपालले करातेमा ६ स्वर्ण जितेको छ भने २ रजत पदक जित्न सफल भएको छ।
फाइनलमा बंगलादेशकी मोन्जिरा बोर्नालाई ३–२ अंकले पराजित गर्दै स्वर्ण जितेकी हुन्।
यसअघि कुसुमले श्रीलंकाकी आराचिगेलाई ७–६ अंकले पराजित गर्दै फाइनल पुगेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।