• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार १०, २०८३ Wed, Jun 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

धमाधम हिरासत ब्रेकः कानुनमा १० वर्षसम्म कैद, प्रहरीलाई उन्मुक्ति !

64x64
नेपाल लाइभ सोमबार, मंसिर १६, २०७६  १५:४६
1140x725

काठमाडौं- इलाका प्रहरी कार्यालय महेशपुर सिरहामा शनिबार साँझ थुनुवालाई खाना खुवाउने क्रम चलिरहेको थियो। यही मौका पारी ११ थुनुवामध्ये ८ जना  प्रहरीको आँखा छलेर सहजै भाग्न सफल भए। 

भाग्नेमा लागुऔषध मुद्दामा पक्राउ परेका मोहमद रियाज मिया, रंधिरकुमार यादव, रामआशीष यादव, गणेश साह, नवीन यादव, रिशन खड्का, बहुविवाह मुद्दाका सञ्जय यादवलगायत छन्। उनीहरूमध्ये सञ्जय यादवलाई भने प्रहरीले पक्राउ गरिसकेको छ।

चौबिसै घण्टा सुरक्षाकर्मीको चौघेरामा रहने हिरासतबाटै उनीहरू कसरी भागे? आठ जना थुनुवा भागुन्जेल प्रहरीले किन चाल पाएन? प्रहरीको मिलेमतोबिना यस्तो सम्भव छ त? यसबारे प्रहरीले चित्तबुझ्दो जवाफ दिन सकेको छैन।

यद्यपि ८ जना थुनुवा प्रहरीकै अगाडिबाट भागेको घटनामा चरम लापरबाही हुनसक्ने भन्दै प्रदेश २ प्रहरी कार्यालयले छानबिन समिति गठन गरेर अनुसन्धान सुरु गरेको छ। 

प्रदेश २ का डिआइजी प्रद्युम्न कार्कीका अनुसार एसएसपी हरिराज वाग्लेको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भइसकेको छ। समितिले थुनुवा फरार भएको समयमा ड्युटीमा रहेका प्रहरीको भूमिकालगायतका विषयमा अनुसन्धान गर्नेछ। 

थुनुवाको हिरासत ब्रेक यो पहिलो घटना भने होइन।

गत साउन २६ गते इलाका प्रहरी कार्यालय धुलाबारी झापाको हिरासत ब्रेक गरेर २ भारतीय नागरिक २६ वर्षीय गणेश कामती र २९ वर्षीय कृष्ण मण्डल फरार भएका थिए। 

त्यसको दुई दिनअघि मात्रै काठमाडौंको सिंहदरबार वृत्तबाट ४ थुनुवा भागेका थिए। चोरी मुद्दाका अनिल थापा, सुब्बा लामा, सुकलाल वाइबा र मदन तामाङ सिंहदरबारकै हिरासतबाट फरार भएका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहको नेतृत्वमा समिति गठन गरेर यसबारे अनुसन्धान भयो। असई तथा ड्युटी अफिसर भीमबहादुर थापा, ड्युटीमा रहेका हवल्दार बोधबहादुर माझी र चन्द्रबहादुर विक निलम्बनमा परे। तर कारबाही निलम्बनभन्दा केही भएन। 

‘हिरासतको कमजोर संरचना र प्रहरीको लापरवाही’

एकपछि अर्को गर्दै हिरासत ‘ब्रेक’ का घटनाले मुख्य गरी दुई विषय इंगित गरेको पूर्व डिआइजी हेमन्त मल्ल बताउँछन्। उनका अनुसार यस्तो घटनामा हिरासतको कमजोर संरचना र प्रहरीको लापरवाहीमध्ये एउटाले मुख्य भूमिका खेलेको हुन्छ।

अहिलेसम्म भागेका थुनुवाको अवस्था हेर्ने हो भने हिरासतलाई दोष लगाएर उन्मुक्ति हुने अवस्था देखिँदैन। अधिकांश  घटनामा प्रहरीको लापरबाही देखिएको भन्दै आलोचनासमेत हुने गरेको छ। 

गत असार २३ गते राति महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट निकै चलाखीपूर्ण तरिकाले थुनुवा भागेको घटनाले पनि प्रहरीको लापबाहीलाई पुष्टि गर्छ। थुनुवा शमसेर माझी, रुद्रलाल श्रेष्ठ र रविकुमार तिमिल्सिना फरार भएका थिए।

म्याद थप गर्न अदालत लगेका बेला अदालतको ट्वाइलेटमा उनीहरूका साथीले पूर्व योजनाअनुसार ‘ह्याक्सो ब्लेड’ राखिदिएका थिए। सोही ह्याक्सो ब्लेड शरीरमा लुकाएर हिरासतसम्म पुग्न सफल भएका उनीहरू ग्रिलको रड काटेर भाग्नसमेत सफल भएका थिए। 

अदालतबाट म्याद थप गरेर लगिसकेपछि उनीहरूको शरीर खानतलासी गरिएको भए यस्तो अवस्था आउने थिएन। तर प्रहरीले यति सामान्य कुरामा समेत ध्यान नदिँदा उनीहरू हिरासत तोडेर भाग्न सफल भएका थिए।

भैंसेपाटी घटनामा महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समितिसमेत गठन भएको थियो। समितिले तीन जनालाई केही दिन निलम्बन गर्‍यो। यो घटनामा पनि त्यसभन्दा बढी कारबाही प्रहरीलाई भएन। 

यस्तै, गत असार २८ गते इलाका प्रहरी कार्यालय खजुरा, बाँकेको हिरासत कक्षबाट ३ थुनुवा फरार भए। उनीहरू हिरासत कक्षको शौचालयको भेन्टिलेटर काटेर भागेका थिए।

गत साउन ७ गते इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बाराको हिरासतबाट भारतको मोतिहारीका १९ वर्षीय फिरोज मियाँ फरार भए। त्यसेबला ड्युटीमा खटिएका प्रहरीलाई पनि सामान्य विभागीयबाहेक अन्य कारबाही भएको छैन।

प्रहरीले गरेको विभागीय कारबाहीले ड्युटीमा रहेका प्रहरीको सामान्य गल्ती भएको कुरालाई पुष्टि गर्छ। यसरी प्रहरीकै सुरक्षाघेराभित्र पटक–पटक कैदीबन्दी भाग्ने क्रम भने रोकिएको छैन। यस्ता घटनामा प्रहरीकै मिलेमतो हुनसक्ने आशंका उब्जिन्छ। 

प्रहरी मिलेमतोमै आपराधिक घटना

यतिमात्रै होइन प्रहरीकै मिलेमतोमा जघन्य अपराध हुने गरेका घटना पनि छन्। 

२०६७ असोज १४ गते बाँकेका बालक कपिलदेव द्विवेदी र लीलाधर भट्टको अपहरण र हत्याजस्तो जघन्य अपराधमा समेत प्रहरीकै संलग्नता भएको पाइएको थियो।

यी दुई बालक अपहरणपछि प्रहरीले गरेको अनुसन्धान र अपरेसनको सूचना अपहरणकारीलाई तत्कालै प्रहरी हवल्दार साकिर अलि बेहनाले दिने गरेका थिए। 

बालक अपहरणको सूचना पहिल्यै पाएका हवल्दार बेहनाले त्यसबारे अन्य प्रहरी तथा कार्यालयमा समेत जानकारी गराएका थिएनन्। ५० हजार रुपैयाँको लोभमा उनले बालकको हत्यापछि प्रहरीले गरेको अपरशेनको सूचना रुपैडिया गएर ल्याण्डलाइन फोनमार्फत् अपहरणकारीालाई दिएका थिए। 

पछि अपहरणमा हवल्दारकै संलग्नता भएको पाएपछि उनलाई पक्राउ गरिएको थियो। बाँके जिल्ला अदालतले २०६९ मंसिर ३ गते हवल्दार बेहनालाई ४४ वर्ष कैदको फैसला सुनाएको थियो। अहिले उनी जेल जीवन बिताइरहेका छन्। 

कानुनमा १० वर्षसम्म कैद, प्रहरीलाई उन्मुक्ती 

मिलेमतोमा थुनुवा फरार भएको पुष्टि भएमा १० वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ। तर यस्ता घटना निरन्तर भए पनि अहिलेसम्म यो कारबाहीबाट प्रहरी भने जोगिँदै आएका छन्।

कारागार ऐन २०१९ मा कैदी तथा थुनुवा भगाउनेलाई हुने सजायबारे उल्लेख छ। ऐनको दफा २४ को (क) मा सम्बन्धित अड्डा/अदालतका कर्मचारी वा कारागारका कर्मचारीले घुस लिएर थुनुवा तथा कैदी भगाएमा उक्त घुस जफत गरी थप कारबाही हुने व्यवस्था छ। 

जन्मकैदको सजाय पाएको वा त्यस्तो सजाय पाउने अपराध गरेको थुनुवा तथा कैदी भगाए १० वर्षसम्म कैद हुने ऐनमा व्यवस्था छ। अरु थुनुवा वा कैदी भगाएको भए २ वर्षदेखि ६ वर्षसम्म कैद हुन्छ। 

अदालत र कारागारका कर्मचारीबाहेक प्रहरी वा अन्य सरकारी कर्मचारीले भगाएमा जन्मकैद पाएको वा त्यस्तो सजाय पाउने खालको अपराध गरेको भए ६ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। अन्य थुनुवा/कैदीका हकमा भने २ वर्षदेखि ६ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। 
तर कर्तव्यपालनाका सिलसिलामा लापरबाही भएकै कारण कैदी तथा थुनुवा भागेको अवस्थामा भने सामान्य सजाय हुने उल्लेख छ। जसमा ५ महिनासम्म कैद वा २ सय रुपैयाँसम्म जरिवाना हुनसक्छ।

तर कर्तव्य पालनकै सिलसिलामा प्रहरीबाट लापरबाही भएर थुनुवा वा कैदी फरार भएमा पनि २ सय जरिवाना र ५ महिनासम्म कैद भएको पाइदैन। 

थुनुवा फरार भएपछि हरेक घटनामा प्रहरीले तत्कालै छानबिन समिति गठन गरेर अनुसन्धान गर्ने गरेको छ। ड्युटीमा रहेका प्रहरीलाई निलम्बन गरेर घटनाको अनुसन्धान गरे पनि चरम लापरबाही गर्ने प्रहरीलाई अहिलेसम्म दर्‍हो कारबाही भएको छैन। देखाउनकै लागि कारबाही गरेजस्तो भए पनि केही दिन निलम्बन, नसिहत, ग्रेड रोक्कालगायतका सामान्य विभागीय कारबाहीबाहेक अरु कारबाही अहिलेसम्म प्रहरीलाई भएको पाइदैंन।

यसबारे एक प्रहरी अधिकारी भन्छन्, ‘मिलेमतो गरेर फरार भएको जस्तो देखिँदैन। सामान्य गल्तीको फाइदा उठाएर थुनुवा भागेकाले प्रहरीलाई त्यही अनुसार कारबाही भएको हो।’ 

अर्कोतर्फ थुनुवा फरार भएपछि गठन भएका छानबिन समितिले समेत प्रहरीको मिलेमतोमा फरार भएको भन्ने खालका रिपोर्ट दिएका छैनन्। 

४८ थुनुवा तथा कैदी फरार

एक वर्षभित्र देशका विभिन्न जेल तथा हिरासतबाट ४६ थुनुवा तथा कैदी फरार भइसकेको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कले देखाउँछ। जसअनुसार सिरहाबाट ८, काठमाडौंबाट ५, मकवानपुरबाट ४, ललितपुरबाट ४, बाँकेबाट ४, कैलालीबाट ४, झापाबाट ३, चितवनबाट ३, मोरङबाट २, हुम्लाबाट २, भक्तपुर, स्याङ्जा, कास्की, बर्दिया, दाङ, कालिकोट, पाँचथर, काभ्रे, सिन्धुलीबाट एक/एक गरी ४८ थुनुवा तथा कैदी फरार भइसकेका छन्। यीमध्ये धरैजसो पक्राउ परे पनि केही भने अझै फरार छन्।

कारागार ऐन २०१९ अनुसार कैद म्याद तोकिसकेको कैदी भागेका अवस्थामा तिनलाई कैद भुक्तान गर्न बाँकी सजायको डेढी सजाय हुने व्यवस्था छ। 

थुनुवा भागेमा भाग्नुअघि थुनामा बसेको अवधि कट्टा गरिनेछ। यसका साथै थुनामा बसेको समय गणना नगरी तोकिएको कैद सजायमा आधा थप गरी डेढी सजाय तोकिने व्यवस्था ऐनमा उल्लेख छ। 

प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  १५:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक
रास्वपाको आम्दानी १२ करोड २४ लाख
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी
सम्बन्धित सामग्री
राहदानी छपाइमा अनियमितता : थप दुई जना पक्राउ उनीहरूमाथि अनुसन्धान गर्न अख्तियारले विशेष अदालतबाट ३ दिनको म्याद लिएको छ । बुधबार, असार ३, २०८३
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका–२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरले तीन महिना अघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखा... बुधबार, असार ३, २०८३
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुले अपहरणमा परेका ती बालकको सकुशल उद्धार गरेको हो । मंगलबार, असार २, २०८३
ताजा समाचारसबै
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
रास्वपाको आम्दानी १२ करोड २४ लाख मंगलबार, असार ९, २०८३
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी मंगलबार, असार ९, २०८३
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
विष्णु पौडेललाई तत्काल रिहा गर्न एमालेको माग मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
विष्णु पौडेल पक्राउप्रति ज्ञवालीको आपत्ति, प्रतिशोध साँधिएको आरोप सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्