काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेको ८४ केजी तौल समूह माथि भएको स्पर्धामा नेपालका विप्लवलाल श्रेष्ठले स्वर्ण पदक जितेका छन्।
उनले पाकिस्तानका मोहम्मद बजलाई ६–५ को अंकमा पराजित गर्दै नेपालले स्वर्ण जितेका हुन्। निकै प्रतिस्पर्धात्मक खेलमा नतिजा विप्लवले आफ्नो पक्षमा पारेका हुन्।
यसअघि उनले श्रीलंकाका मगोनालाई नकआउट गर्दै फाइनलमा प्रवेश गरेका थिए। उनले मगोनालाई ८–० को अंकमा पराजित गरेका थिए।
अहिलेसम्म नेपालले ५ स्वर्ण जित्दा दुई रजत पदक पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।