पहिलो दिनमै नेपालले जित्यो १२औं सागको भन्दा धेरै स्वर्ण 

नेपाल लाइभ | २०७६ मङ्सिर १६ सोमबार | Monday, December 02, 2019 १५:३४:०० मा प्रकाशित

काठमाडौं- दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलो दिन नै १२औं सागको भन्दा धेरै स्वर्ण हात पारेको छ। 

पहिलो दिनको खेलमा कराँते र तेक्वान्दोमा बढी पदक जितेको नेपालले अहिलेसम्म ८ स्वर्ण जितिसकेको छ। १२औं सागमा नेपालले जम्मा ३ स्वर्ण जितेको थियो। १२ औं सागमा नेपालका लागि जुडोकी फूपु ल्हामू खत्री, उसुकी निमा घर्तिमगर र फुटबल टिमले स्वर्ण जितेको थियो।

तेक्वान्दोमा नेपाल १२औँ सागमा स्वर्णविहीन भएको थियो। १२औँ सागमा नेपालले ३ स्वर्ण, २३ रजत र ३४ कास्य गरी ६० पदक जितेको थियो।    

नेपालले प्रतियोगिता उद्घाटन भएको दोस्रो दिन नै आफ्नो प्रभाव देखाउन सफल भएको छ।  जसमा नेपालले ८ वटा स्वर्ण जितिसकेको छ। 

१३औँ सागमा अहिलेसम्म नेपालका लागि कराँते कुमुतेतर्फ लक्ष्मण तामाङ, व्यक्तिगत पुम्सेतर्फ सिना लिम्बू, तेक्वान्दोमा कमल श्रेष्ठ, कराँते एकल कातामा मण्डेकाजी श्रेष्ठ र महिला ट्रायथलनमा सोनु गुरुङले स्वर्ण जितेका छन्।

त्यस्तै नेपालले महिला पुरुष दुवै स्वर्ण जितेको छ। यो पटक तेक्वान्दोको २९ वर्षमाथिको पुम्सेतर्फ आयशा शाक्यले स्वर्ण पदक हात पारेकी छन् ।

स्वर्ण रजत कास्य जम्मा
भारत
१३१ ७७ ४० २४८
नेपाल
४५ ४४ ७५ १६४
श्रीलंका
३४ ६६ ९३ १९३
पाकिस्तान
२८ ३४ ४३ १०५
बंगलादेश
२८ ६६ १०२
माल्दिभ्स
भुटान