काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेको कुमुते ८४ केजी तौल समूहमा नेपालका दिवस श्रेष्ठले रजत पदक जितेका छन्।
सातदोबाटोमा भएको फाइनल खेलमा पाकिस्तानका अवाइस मोहम्मदसँग हार्दै दिवस रजत पदकमा सीमित बने। २–२ अंक मा खेल चलिरहेको बेला दिवस डिसक्वालिफाइ हुन पुगे।
यसअघि उनले बंगलादेशका मोहम्मद रमजनलाई ६–१ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए। पाकिस्तानका अवाइस मोहम्मदले श्रीलंकाका खेलाडीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।