काठमाडौं– दक्षिण एसियाली खेलकुद (साग) मा महिला तेक्वान्दोको २९ वर्षमुनि पुम्सेतर्फ नेपालकी पार्वती गुरुङले स्वर्ण पदक जितेकी छन्।
प्रतियोगितामा पार्वतीले ८.२५० अंकका साथ स्वर्ण जितिन् भने श्रीलंकाकी जयाविराले ८.१४० अंक प्राप्त गरिन्।
भारतकी हर्षा सिन्घाले ८.०३० अंक ल्याएकी थिइन् भने पाकिस्तानकी असिफा अलीले ७.६३० अंक ल्याइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।