• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

प्रेरणा र इखले खारिएका मण्डेकाजी‚ जसले दिलाए दोहोरो स्वर्ण

64x64
नेपाल लाइभ सोमबार, मंसिर १६, २०७६  १४:२६
1140x725

काठमाडौं- मण्डेकाजी, एक अथक योद्धा। जो हार खाँदा पनि थाकेनन् । थाकुन् पनि किन? उनको मनमा इख र प्रेरणा दुवै थियो।

१२औं सागमा करातेले प्रवेश नै नपाएको इख उनमा थियो। त्यसमाथि उनलाई प्रेरणा दिने बाबु थिए।

यिनै इख र प्रेरणाले खारिएका मण्डेकाजीले आज नेपाललाई दुई वटा स्वर्ण दिलाए।

मण्डेकाजी श्रेष्ठ अर्थात् दक्षिण एसियाली खेलकुद सागमा एकै संस्करणमा २ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी।

उनले सातदोबाटेस्थित कराँते हलमा व्यक्तिगत काता र टिम कातामा नेपाललाई २ स्वर्ण दिलाएका छन्।

स्वर्ण जितेपछि यसको जस उनले आफ्ना बाबुलाई दिए। ‘मलाई परिवारबाट एकदमै सहयोग भयो। बुबाले हार्‍यो भनेर निराश नहोउ भनेर सधैं भन्नु हुन्थ्यो’ स्वर्ण हातपारेपछि नेपाल लाइभसँग मण्डेकाजीले आफ्ना बाबुलाई सम्झँदै भने, ‘तिमीलाई न खानको चिन्ता छ, न लाउन नै कमी छ। केहीको चिन्ता नलिनु मात्रै खेलिरहनु।’

सायद बाबुबाट यही अपेक्षा गरेका मण्डेकाजीले परिवारको भरपुर समर्थन पाए। परिवारको समर्थन र आफ्नो पसिनालाई मण्डेकाजीले खेर दिएनन्। र उनको नाममा दुई वटा स्वर्ण नेपालले प्राप्त गर्‍यो।

यसको भागिदार त्यति नै मात्रामा उनी आफ्ना गुरुलाई पनि सम्झन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘गोल्डमेडल नै जित्छु भन्ने लक्ष्य नै थियो। प्रशिक्षकले पनि त्यति अनुसार कोच गर्नुभयो, हौसला दिनुभयो,’ मण्डेकाजीले आफ्ना गुरुलाई जितको भागिदार मध्येको एक हिस्सा सम्झदै भने, ‘तिम्रो पर्फमेन्स पहिलाभन्दा राम्रो छ, स्वर्ण जित्छौं भनेर गुरुले हौसला दिइरहनुभयो।

११औं सागमा छनोट भएर पनि खेल्न नपाएको उनको अमिलो क्षणलाई अहिले एकै पटक दुई वटा स्वर्णले मह्लमपट्टी लगाएको छ।

उनी त्यसबेला ३/४ महिना नेपालमै क्लोज क्याम्पमा बसेर तालिम गरेका थिए। पछि विदेशमा गएर तालिम लिने भन्दै उनी थाइल्याण्ड पुगे। जहाँ बिरामी भएर उनी नेपाल फर्कनु परेको थियो। त्यसबेलादेखि नै उनलाई स्वर्णको तिर्खा लागिसकेको थियो।

त्यो तिर्खा उनले १२औं सागमा समेत मेटाउन पाएनन्। ‘दुर्गाग्य नै भन्छु १२औं सागमा करातेले प्रवेश पाएन। यसको इख मलाई झन बढ्दै गयो,’ मण्डेकाजीले ११ र १२औं सागमा खेल्न नपाउँदाका नमिठो क्षण एकै सागमा सुनाए।

Xtrem

Xtrem

तर पनि उनले हार मानेनन्। खेल्नुपर्छ र जित्नुपर्छ भन्ने मात्रै सोच उनको मनमा थियो।

‘यो इखले झनै मलाई स्पात बनायो। मैले साग खेल खेल्नुपर्छ। र नेपाललाई स्वर्ण दिलाउनु पर्छ भन्ने लाग्यो,’ विजय भावमा उनी सुनाउँछन्, ‘कहिल्यै हरेस नखाई निरन्तर अभ्यासमा रहें। अहिले पनि अभ्यासमै छु।’

करातेमा भारतले सहभागिता नजनाए पनि नेपालले स्वर्ण जितेको भन्ने पनि केही अनुमानहरु छन्। बलियो प्रतिद्वन्द्वी भारत अनुपस्थितको फाइदा नेपालले उठाएको हो त? नेपाल लाइभको यो प्रश्नमा उनी सहमत छैनन्। उनी भन्छन्, ‘भारतभन्दा हामी कमजोर होइन। भर्खरै मात्रै पनि ५औं साउथ एसियन च्याम्पिनसिपमा भारतसँगै फाइनल खेलेर आएको हो। त्यहाँ भारतलाई नै पराजित गरेर स्वर्ण हात पारिएको थियो। त्यसकारण भारत नभएर हामीलाई सजिलो भएको हो भन्न मिल्दैन। हामी पाकिस्तान र श्रीलंकालाई बलियो मान्छौं।’

२/३ हप्ता अघि बंगलादेशमा भएको साउथ एसियन च्याम्पियनसिपले पनि सागमा स्वर्ण जित्न धेरै हौसला दिएको उनी बताउँछन्।

विजयी मण्डेकाजीको अबको लक्ष्य के भन्नेमा उनी अहिले नै केही भन्न सक्ने अवस्थामा छैनन्। केही बेर सम्झँदै उनी भन्छन्, ‘स्पेसल यही गर्छु भन्ने त केही छैन। जे भए पनि खेललाई निरन्तरता भने दिइरहन्छु।’

प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  १४:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका सिक्का टकमारी गर्ने
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने
एमालेले बोलायो संसदीय दलको बैठक
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका सिक्का टकमारी गर्ने आइतबार, असोज १८, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
एमालेले बोलायो संसदीय दलको बैठक आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी आइतबार, असोज १८, २०८३
हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज हुने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्