काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको करातेतर्फको ५५ केजी तौल समूहमा लक्ष्मण तामाङले स्वर्ण पदक जितेका छन्।
सातदोबाटोमा सोमबार भएको ५५ केजी तौलमा लक्ष्मण तामाङले बंगलादेशका मोहम्मद मस्ताफालाई १–० अंकले पराजित गर्दै स्वर्ण जितेका हुन्।
यसअघि उनले श्रीलंकाका वार्नाकुला सुर्यलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए। उनले ५–१ को अंकमा पराजित गर्दै फाइनलमा स्थान बनााएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।