• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कृत्रिम दाँत कसले राख्नुपर्छ ?

64x64
नेपाल लाइभ बिहीबार, फागुन २४, २०७४  १७:१६
1140x725

खानालाई चपाउन, बिग्रेको सौन्दर्यलाई सुधार्न, अन्य दाँतलाई थप बिग्रन नदिन, बोल्न हुने अप्ठ्यारोबाट बँच्न कृत्रिम दाँतको आवश्यकता परेको हो । कृत्रिम दाँत राख्ने तरिका विभिन्न छन् । जस्तै : सबै दाँत गुमेको बिरामीको इच्छाले फुकाल्न मिल्ने दाँत, केही दाँत मात्र गुमेको बिरामीको इच्छाले फुकाल्न मिल्ने दाँत र केही दाँत मात्र गुमेको बिरामीको इच्छाले फुकाल्न नमिल्ने दाँत।


सन् २०१४ मा नेपालको एउटा अस्पतालमा गरिएको अनुसन्धानमा ३ सय ३५ जनाले झिक्न मिल्ने अर्ध कृत्रिम दाँत लगाएका, १ सय ६५ जनाले झिक्न नमिल्ने अर्ध कृत्रिम दाँत लगाएका र १५ जनाले दुवै खालको लगाएको पाइएको थियो । केही दाँत मात्र गुमेको बिरामीमा इच्छाले फुकाल्न नमिल्ने दाँत अथवा फिक्स्ड दाँतमा पनि दुई विकल्प हुन सक्छन् । पहिलो र धेरै प्रचलित पद्धति भनेको दाँत नभएको भागको वरिपरि रहेका बाँकी दाँतको सहायतामा राखिने दाँत हो भने दोस्रो विकल्प दाँत नभएको भागको वरिपरि रहेका बाँकी दाँतलाई नचलाईकन हाडमै प्रत्यारोपण गरिने अथवा इम्प्लान्ट दाँत ।


दन्तविज्ञानको इतिहासलाई हेर्ने हो भने इम्प्लान्टको इतिहास पुरानो छ । मानव सभ्यतामा दाँतको उपचारको विकास क्रममा पहिलो विधा दाँत निकाल्ने अर्थात् ओरल सर्जरी हो भने दोस्रोचाहिँ इम्प्लान्ट हो । पुराना अवशेषको उत्खनन र अनुसन्धानले इसाको ६०० वर्ष अगाडि नै त्यस बेलाका मानिसहरूले इम्प्लान्ट दाँतको एक किसिमको आविष्कार गरिसकेका थिए । यति पुरानो विधाको प्रवद्र्धन र व्यापकीकरण भने सुस्त भएकाले पछि फेरि आधुनिक दन्तविज्ञानमा यसको अर्कै ढंगले विकास हुन थालेको हो ।


डेन्टल इम्प्लान्ट शल्यक्रियाद्वारा हाडमा राखिने टिटनियम नामको धातुबाट बनेको वस्तु हो । जुन सरल तरिकाले प्रत्यारोपण गर्न मिल्छ । यसको उपयोग गर्दा वरिपरि रहेका मजबुत दाँतलाई घटाउनु, मिलाउनु पर्दैन जबकि अर्को विकल्पबाट फिक्स्ड दाँत राख्दा छेउका दाँतलाई तोकिएको मापदण्डमा घटाउने गरिन्छ । इम्प्लान्टको सहायतामा कृत्रिम दाँत राखिसकेपछि यसमा लाग्ने दबाब हाडमा प्रतिक्षेपित हुन्छ र अन्य दाँत यस्तो दबाबबाट बच्छन् । यो प्राकृतिक दाँतजस्तै स्वतन्त्र उभिएको हुनाले दाँतको वरिपरि सरसफाइ गर्न पनि सहज हुन्छ भने हेर्दा पनि आकर्षक देखिन्छ ।


डेन्टल इम्प्लान्ट उपचार गर्न सबै वा केही दाँत नभएका (सानो उमेरबाहेकका) सबै लिंग, पेसा, वर्ग, उमेर वा आर्थिक अवस्थाका बिरामीमा मिल्छ । तर, हाड खिइने रोग, अनियन्त्रित उच्च रक्तचाप वा मधुमेहका बिरामीमा सतर्कता अपनाउनु पर्छ । धूमपानका अम्मलीमा पनि यो सफल नहुन सक्छ । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका बिरामीलाई आर्थिक बाधा हुने कुरा नकार्न सकिँदैन किनभने इम्प्लान्ट अलिक महँगो छ ।

Ncell 2
Ncell 2
nimb
nimb


हाडसम्बन्धी रोगका लागि औषधि सेवन गरिरहेका बिरामीका लागि पनि अन्य उपाय अपनाएर मात्र यो शल्यक्रिया गर्न मिल्छ । केही बिरामीमा कुनै पनि कृत्रिम दाँत राख्नै नसकिने पनि हुन्छ । जस्तै : च्यापुबीचको विश्राम अवस्थाको दूरी एकदमै कम वा एकदमै धेरै भएका बिरामी । यिनीहरूमा पनि अरु सुधार नगरीकन इम्प्लान्ट दाँतका बारेमा सोच्नु व्यर्थ हुन सक्छ ।


धेरैलाई यो प्रश्न उठ्नु स्वाभाविक हो कि डेन्टल इम्प्लान्ट किन विशिष्ट छ ? दन्तचिकित्सकको हैसियतमा सोच्दा बिरामीको उच्चतम र अत्याधुनिक उपचार हाम्रो कर्तव्य हो । यसैले बिरामीले हरेक तरिकाले रुचाउँछ भने सबैभन्दा राम्रो उपचार किन नगर्ने भन्ने सवाल पनि उत्तिकै महत्वपूर्ण छ । अगाडि भनिएझैँ अरु विकल्पमा छँदाखाँदाको दाँतलाई मिलाउनुपर्ने हुन्छ ।


यसरी मिलाउने क्रममा दाँतको इनामेल, डेन्टिन आदिमा नचाहेर पनि क्षति हुन्छ । र, यिनीहरूमा किरा लाग्ने सम्भावना बढी हुन्छ । अरु विकल्पका कृत्रिम दाँतले दबाब वा भार अन्य प्राकृतिक दाँत, गिजा वा नरम तन्तुमा प्रक्षेपण गर्छन् । डेन्टल इम्प्लान्टले यस्तो भार सोझै हाडमा प्रक्षेपण गर्न सक्छ, जुन दीर्घकालका लागि उचित हुन्छ । अरु विकल्पका कृत्रिम दाँतमा यिनीहरू परस्पर गाँसिएका हुने हुँदा हेर्दा अनाकर्षक लाग्न सक्छन् भने डेन्टल इम्प्लान्ट स्वतन्त्र दाँत जसरी उभिएकाले आकर्षक हुन्छ । यिनै विशेष गुणहरूले गर्दा इम्प्लान्ट दाँत अलि विशिष्ट छ ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083


डेन्टल इम्प्लान्ट उपचार किन महँगो छ त ? यो खर्चिलो हुने केही कारण यहाँ उल्लेख गरिन्छ । हाडमा प्रत्यारोपण गर्नुपर्ने जराभाग टिटानियम नामक अत्यन्त महँगो पदार्थबाट बनेको हुन्छ । डेन्टल इम्प्लान्ट प्रत्यारोपण गर्न विशेष औजार चाहिन्छ । प्रत्यारोपण गर्नुअघि हाडमा ठाउँ बनाउने औजार महँगा हुन्छन् र फेरिरहनुपर्ने खालका हुन्छन् । यो एक सघन उपचार हो, सबै दन्तरोग विशेषज्ञ यसमा निपुण हुन्छन् भन्ने छैन । यससम्बन्धी पर्याप्त तालिम लिएका यसकै विधामा स्नातकोत्तर गरेका विशेषज्ञहरूले मात्र गर्छन् । डेन्टल इम्प्लान्टका उपचार एकैचोटि सकिने प्रकृतिको हुँदैन । यसका विभिन्न चरण छन् ।


बिरामी पहिलो दिन आउँदा परीक्षण, नापजाँच, निदान, सरसल्लाह, एक्सरे आदि गरिन्छ भने दोस्रो पल्ट बल्ल शल्यक्रिया गरेर जराभाग प्रत्यारोपण गरिन्छ । फेरि एक्स रे लिएर हेरिन्छ । सम्भावना रहेमा आवश्यकता हेरी अस्थायी कृत्रिम दाँत स्थापना गरेर बिरामीलाई पठाइन्छ ।


तीनदेखि पाँच, ६ महिना समय पुगेपछि जराभागमाथि राख्नुपर्ने दोस्रो भाग स्थापना र यसको उचित मिलान गरिन्छ । यसको नापो लिइन्छ र प्रयोगशालामा पठाइन्छ । केही दिनमै कृत्रिम दाँतको भाग ल्याबबाट प्राप्त हुन्छ जसलाई सिमेन्ट वा पेचको सहयोगमा जराभागमा जोडिन्छ ।
डेन्टल इम्प्लान्टका उपचारमा ख्याल राख्नुपर्ने केही कुरा छन् । बिरामीले निर्देशन दिएका औषधि (शल्यक्रिया अगाडि र पछाडि) खानुपर्छ । वर्जित गरिएका खानेकुरा केही समय खानु हुँदैन । सुर्ती, चुरोट सेवन गर्नुहुँदैन । यदि समस्या परेमा समयमै सम्पर्क गर्नुपर्छ । अति दबाब हुने गरी कडा ओखर, सुपारी, हड्डी टोक्नु लाभप्रद होइन । सधैँ जसरी नै दाँतको सरसफाइ गरिरहनुपर्छ । हरेक वर्ष कम्तीमा एकपटक चिकित्सकलाई भेटेर परीक्षण गर्नु उपयुक्त हुन्छ ।


मनन गरौँ, डेन्टल इम्प्लान्ट पनि अन्य उपचारजस्तै एउटा उपचार हो । यदि जरा भागको उपयुक्त छनोट र दक्ष विशेषज्ञबाट शल्यक्रिया भएमा अरु विकल्पभन्दा यो बढी नै टिक्छ । उपचारको छनोट गर्दा हामीले जहिले पनि फाइदा र खतराको अनुपात आकलन गर्ने गरिन्छ । यो दाँतमा मात्र होइन, शरीरको सम्पूर्ण उपचारमा लागू हुने नियम हो । फाइदा बढी भएको उपचार छनोट गर्ने चिकित्साविज्ञानको धर्म हो । यसैले आर्थिक रुपले सुरुमा उच्च लागे तापनि कालान्तरमा अरु खालका उपचारपछिका समस्यासमेतलाई जोड्दा यो सरल र सस्तो हुन जान्छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०७४  १७:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन... शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत... शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति सहमति अनुसार श्रेष्ठसम्बन्धी विषय प्रेस काउन्सिल नेपालमा लगिनेछ। त्यस्तै, पन्तले पनि श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा पोस्ट नगर्ने सह... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्