काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेको व्यक्तिगत महिला एकल कातातर्फ नेपालकी चञ्चला दनुवारले रजत पदक जितेकी छिन्।
सातदोबाटोस्थित कराते हलमा चन्चला फाइनलमा पाकिस्तानकी खेलाडीसँग पराजित भएकी हुन्।
स्वर्ण जितेकी पाकिस्तानकी साइदा १३औं सागमा स्वर्ण जित्ने पहिलो खेलाडी पनि बनिन्।
यस स्पर्धामा बंगलादेश र श्रीलंकाका खेलाडीले कास्य पदक जिते।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।