मनिला- म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीले महिलालाई अधिकार दिइयो भने मात्र त्यस देशमा मानवअधिकारको अवस्था राम्रो हुने बताएकी छन्।
सुकीले शान्ति र प्रजातन्त्रको स्थापना र स्थायित्वका लागि महिलालाई अधिकार दिनुपर्नेमा समेत जोड दिइन्।
मनिलामा आयोजित अन्तर्राष्ट्रिय नारी दिवससम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्– 'जबसम्म महिलाले उनीहरुका आधारभूत आवश्यकताको परिपूर्तिका लागि अधिकार पाउँदैनन्, तबसम्म त्यस देशमा अरु अधिकारको पनि सुनिश्चितता रहँदैन।'
नेतृ सुकीले महिलालाई राजनीति आर्थिक र सामाजिक क्षेत्रमा अधिकार दिनुपर्ने बताइन्। उनले महिलालाई अधिकार दिइए मात्र देशमा मानव अधिकारको महत्व बढ्ने समेत उल्लेख गरिन्।
लामो समयसम्म सैनिक शासकले चलाएको म्यानमारमा सुकीले नेतृत्व गरेको दल सन् २०१५ को निर्वाचनमा विजय भएपछि नयाँ संविधानको निर्माण हुनुका साथै राष्ट्रपति सर्वसाधारण नागरिकको तर्फबाट भएका थिए। (रासस/एपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।