धरान- धरान उपमहानगरपालिकाकाे मेयरमा नेपाली कांग्रेस विजय निजक पुगेकाे छ। मतगणानाकाे सुरुवातदेखि नै लिड गरेकाे कांग्रेसले अहिले मतान्तरलाई फराकिलाे बनाउँदै लगेकाे छ।
शनिबार भएकाे उपनिर्वाचनकाे पछिल्लाे मत परिणामअनुसार कांग्रेसका उम्मेदवार तिलक राई २८०० मत ले अघि छन्। उनलाई सत्तारुढ नेकपाका प्रकाश राईले पछ्याइ रहेका छन्।
कांग्रेसकाे मतान्तर फराकिलाे हुँदै गएपिछ नेता तथा कार्यकर्ता उत्साहित छन्। विजयकाे घाेषणा नभएपनि कार्यकर्ता जुलुस निकाल्ने तयारीमा छन्।
याे पटकाे चुनाव जिते धरानमा कांग्रेसकाे पहिलाे जित हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।