धरान- धरान उपमहानगरपालिकाकाे मतगणानामा नेपाली कांग्रेसकाे अग्रता कायमै छ। उपमहानगरकाे प्रमुखका लागि शनिबार भएकाे मतदानकाे पछिल्लाे मत परिणामअनुसार कांग्रेसका उम्मेदवार १६४७ मतले अघि छन्।
कांग्रेसका तिलक राईले २४ हजार ६ सय ५१ मत प्राप्त गरेका छन्। यस्तै सत्तरुढ नेकपाका उम्म्देवार प्रकाश राईले २३ हजार ४ मत ल्याएका छन्। अब दुईवटा वडाकाे मत गन्न बाँकी छ।
मतगणनाकाे सुरुवाती देखि नै नेकपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।