अस्पतालबाट पक्राउ परेका सिद्धबाबालाई आजै अदालत उपस्थित गराइने

नेपाल लाइभ | २०७६ मङ्सिर १६ सोमबार | Monday, December 02, 2019 ०८:००:०० मा प्रकाशित

सुनसरी- बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले पक्राउको गरेको छ। विराटनगरस्थित विराट नर्सिङ होमकाे आइसियूमा भर्ना भएकाे अवस्थामा नै सोमबार बिहान उनलाई पक्राउ गरिएकाे हाे।

सुनसरीका डिएसपी विनोद शर्माको टोलीले उनलाई बिहान करिब ४ बजे पक्राउ गरेको हो। बिहानै जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद शर्मा नेतृत्वको प्रहरी टोली अस्पताल पुगेको थियो।

गिरीलाई एम्बुलेन्समा हालेर जिल्ला प्रहरी कार्यालय ल्याइएको डिएसपी शर्माले जानकारी दिए। शर्माका अनुसार गिरीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। 

उनलाई आइतबार दिउँसो ह्दयघात (हार्टअट्याक) भएको भन्दै आइसियूमा सारिएको थियो। तर बिहान पुन: भक्तजनसँग भेटघाट गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिइ सुनसरी ल्याएको हो।

गिरीलाई नियन्त्रणमा लिँदा अस्पताल प्रशासनले विरोध गरेको थियो। स्वास्थ्यस्थिति सामान्य नहुँदै प्रहरीले नियन्त्रणमा लिएको भन्दै चिकित्सकहरुले विरोध जनाएका थिए। उनलाई आजै सुनसरी जिल्ला अदालतमा म्याद थपको लागि लगिने बताइएको छ।

सुनसरीको चतरास्थित आश्रमका सिद्धबाबामाथि एक महिलाले बलात्कारकाे आराेप लगाएकी थिइन्। महिलाकाे उजुरीपछि थप अनुसन्धानका लागि उनलाई पक्राउ गरिएकाे हाे। गिरिमाथि कात्तिक ४ गते एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ। आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप ती महिलाले लगाएकी थिइन्।

स्वर्ण रजत कास्य जम्मा
भारत
१३१ ७७ ४० २४८
नेपाल
४५ ४४ ७५ १६४
श्रीलंका
३४ ६६ ९३ १९३
पाकिस्तान
२८ ३४ ४३ १०५
बंगलादेश
२८ ६६ १०२
माल्दिभ्स
भुटान