विराटनगर- बलात्कारको आरोप लागेका सिद्धबाबा कृष्णदास गिरीलाई प्रहरीले पक्राउको गरेको छ। विराटनगरस्थित विराट नर्सिङ होमकाे आइसीयूमा भर्ना भएकाे अवस्थामा नै सोमबार बिहान चार बजे उनलाई पक्राउ गरिएकाे हाे।
सुनसरीका डीएसपी विनोद शर्माको टोलीले उनलाई पक्राउ गरेको हो। सुनसरीको चतरास्थित आश्रमका सिद्धबाबामाथि एक महिलाले बलात्कारकाे आराेप लगाएकी थिइन्।
महिलाकाे उजुरीपछि थप अनुसन्धानका लागि उनलाई पक्राउ गरिएकाे हाे। गिरिमाथि कात्तिक ४ गते एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ। आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप ती महिलाले लगाएकी थिइन्।
बलात्कारको आरोप लगाएकी महिलाले विगत ६ महिनादेखि सिद्धबाबालाई पटक-पटक म्यासेज गरेको भेटिएको प्रहरीकाे दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।