धरान- धरान उपमहानगरपालिका प्रमुखका लागि शनिबार भएकाे मतदानकाे मतगणना जारी छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ। तर, कांग्रेसकाे अग्रता भने कायमै छ।
पछिल्लाे मत परिणामअनुसार कांग्रेसका तिलक राईले २१ हजार ३११ मत प्राप्त गरेका छन्।
यस्तै नेकपाका उम्म्देवार प्रकाश राईले २० हजार ८ मत ल्याएका छन्। अब १० हजार १२२ मत गन्न बाँकी छ। ४४ हजार ८८९ मत गनिसक्दा कांग्रेस उम्मेदवार १ हजार ३०३ मतले अघि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।