सुनसरी- धरान उपमहानगरपालिकामा कांग्रेस उम्मेदवारले अग्रता कायम राखेका छन्।
हालसम्मको अपडेटअनुसार कांग्रेस उम्मेदवार तिलक राईले ७ सय ७ मतले नेकपाका उम्मेदवार प्रकाश राईलाई पछि पारेका हुन्। हालसम्मको मत परिणामअनुसार कांग्रेसका राईले ११ हजार ८ सय २७ मत ल्याई अग्रता कायम गरेका छन्।
नेकपाका उम्मेदवार प्रकाश राईले ११ हजार १ सय २० मत प्राप्त गरी कांग्रेस उम्मेदवारलाई पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।