काठमाडौं- कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा उम्मेदवार विद्या भट्टराई निर्वाचित भएकी छन्।
विजयी भएपश्चात ट्विट गर्दै उनले कास्की-२ का सम्पूर्ण मतदाताहरूलाई धन्यवाद व्यक्त गरेकी छन्। साथै उनले स्वर्गीय रवीन्द्र अधिकारीको सपना‚ योजना पूरा गर्नु नै आफ्नो आगामी योजना र गन्तव्य हुने बताइन्।
भट्टराईले कम्युनिस्ट पार्टीको मार्गदर्शनमा अनुसरण गर्ने बताइन्। उनले लेखेकी छन्, 'यहाँहरूको अत्यधिक अमूल्य मतका साथ विजय गराउनु भएकोमा कास्की २ का सम्पूर्ण मतदाताहरूमा हार्दिक धन्यवाद र बधाई। यहाँहरूको मतमाथि मबाट कहिल्यै धोका हुने छैन। प्रिय रवीन्द्रजिका सपना, योजना र कम्युनिस्ट पार्टीको मार्दगर्शनमा मेरो आगामी योजना गन्तब्य हुनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।