काठमाडौं- कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा उम्मेदवार विद्या भट्टराईले २४ हजार ३ सय ९४ मत प्राप्त गरेकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९ सय ९१ मत प्राप्त गरेका छन्।
विद्याले खेमराजलाई ८ हजार ४ सय ३ मतको अन्तरले पराजित गरेकी हुन्।
यसअघिको निर्वाचनमा तत्कालीन उम्मेदवार रवीन्द्र अधिकारीले उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरेका थिए।
यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले १ हजार ९ सय २२, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोम भण्डारीले १ हजार १ सय ५३ र साझा पार्टीकी रजनी केसीले ९ सय ४२ प्राप्त गरेका छन्।
विजय भएपछि विद्याले सञ्चारकर्मीहरुसँग कुरा गर्दै कास्केली जनताले रवीन्द्र अधिकारीलाई सम्मान गरेको प्रतिक्रया थिइन्।
कांग्रेसका उम्मेदवार खेमराज पौडेलले निर्वाचित भएपछि विद्यालाई बधाई दिएका छन्। उनले ट्विटरमा लेखेका छन्, ' विजयी नानीलाई हृदयले बधाई, राम्रो गर्नु।'
उनले भनेका छन्- सम्झिदिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियो मेरो जीवन। म इमान्दार रहनेछु कास्कीको म प्रत्येक मत, अनि देशविदेशका हरेकको मायाप्रति। राजनीति जितें, मत जितिनँ तर सायद मन जितें कि जस्तो लाग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।