महोत्तरी- महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका उम्मेद्वार विक्रम चौधरी विजयी भएका छन्।
चौधरी ३ हजार २ सय ४९ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी समाजवादी पार्टीका रामजानकी यादवले ३ हजार ४१ मत ल्याए भने तेस्रो स्थानमा राष्ट्रिय जनता पार्टी (राजपा)की उम्मेद्वार रविताकुमारी चौधरीले २ हजार ९ सय ८६ मत ल्याइन्। यसैगरी कांग्रेसका उम्मेदवार विजय यादव भने १ हजार ९ सय ३५ मत ल्याएर चौथौं स्थानमा सीमित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।