काठमाडौं- कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा उम्मेदवार विद्या भट्टराई निर्वाचित भएकी छिन्। उनले नेपाली कांग्रेसका खेमराज पौडेललाई पराजित गरेकी हुन्।
विजय भएपछि विद्याले सञ्चारकर्मीहरुसँग कुरा गर्दै कास्केली जनताले रवीन्द्र अधिकारीलाई सम्मान गरेको प्रतिक्रया दिइन्।
यसैबीच कांग्रेसका उम्मेदवार खेमराज पौडेलले निर्वाचित भएपछि विद्यालाई बधाई दिएका छन्। उनले ट्विटरमा लेखेका छन्, ' विजयी नानीलाई हृदयले बधाई, राम्रो गर्नु।'
उनले भनेका छन्- सम्झिदिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियो मेरो जीवन। म इमान्दार रहनेछु कास्कीको म प्रत्येक मत, अनि देशविदेशका हरेकको मायाप्रति। राजनीति जितें, मत जितिनँ तर सायद मन जितें कि जस्तो लाग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।