हेटौंडा- राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरनिकट जनवर्गीय संगठनहरुले आइतबार हेटौंडामा भारतद्वारा हालै जारी गरेको नक्सा प्रति असहमति जनाउदै सो नक्सा जलाएको छन्।
हेटौंडा-५ सानोपोखरास्थित पार्टी कार्यालयबाट निस्केको र्याली बुद्ध चोकमा पुगेर कोण सभामा परिणत भएको थियो। पार्टीका सहायक महामन्त्री राजाराम बर्तौला, जिल्लाअध्यक्ष मधु अधिकारी, नगरअध्यक्ष गुरु प्रसाद सापकोटा, युवक संगठनका केन्द्रीय उपाध्यक्ष दामोदर वाग्ले लगायतको सहभागीतामा नाराबाजीका साथ जुलुस अघि बढेको थियो।
जुलुसमा सिमा अतिक्रमण बन्द गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, आत्मसमर्पणवाद मुर्दावाद, बिस्तारवाद मुर्दावादजस्ता नारा लगाईएको थियो।
कोण सभालाई पार्टीका जिल्ला अध्यक्ष मधु अधिकारी, नगर अध्यक्ष गुरु प्रसाद सापकोटा, युवक संगठनका जिल्लाअध्यक्ष शुक्र प्रजा, महिला संगठनकी अध्यक्ष बालकुमारी डल्लाकोटी, युवक संगठन हेटौंडा नगरअध्यक्ष भृगु कार्की लगायतले सम्बोधन गर्दै तत्काल कुटनीतिक तवरले समस्याको हल गर्नुपर्नेमा सरकार आत्मसमर्पणवादको दिशामा गएको भन्दै तीब्र आलोचना गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।