सुनसरी- धरान उपमहानगरपालिकामा कांग्रेस उम्मेदवारले अग्रता कायम राखेका छन्।
जारी मतगणनामा कांग्रेस उम्मेदवार तिलक राईले ४ सय ७७ मतले नेकपाका उम्मेदवार प्रकाश राईलाई पछि पारेका हुन्। हालसम्मको मत परिणामअनुसार कांग्रेसका राईले १० हजार ९ सय ९४ मत ल्याई अग्रता कायम गरेका छन्।
नेकपाका उम्मेदवार प्रकाश राईले १० हजार ५ सय १७ मत प्राप्त गरी कांग्रेस उम्मेदवारलाई पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।