काठमाडौं- १३औँ दक्षिण एसियाली क्षेत्रीय खेलकूद (साग)को भव्य उद्घाटन भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ दशरथ रङ्गशालामा आयोजित भव्य समारोहबीच सागको उद्घाटन गरेकी हुन्।
उद्घाटनका क्रममा करीब सवा तीन घण्टा अवधिको उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ।
उद्घाटनका अवसरमा सातै मुलुकको संस्कृतिक विविधता झल्कने कार्यक्रम पनि प्रस्तुत गरिएको छ।
सरकारले १३औँ साग प्रतियोगितालाई ऐतिहासिक, भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा भइसकेको छ।
प्रतियोगितामा सहभागी सातै देशका राष्ट्रिय झण्डोत्तोलन कार्यक्रम शनिबार सम्पन्न भइसकेको छ।
काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका माध्यमबाट नेपालको इज्जत, प्रतिष्ठा र खेलक्षेत्रको गौरव उठाउने हिसाबले ऐतिहासिक, भव्य र सभ्य तुल्याउन कुनै कसर बाँकी नराख्ने युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले बताए।
उद्घाटन समारोहमा १५ हजारभन्दा बढी दर्शकको सहभागिता रहेको बताइएको छ। दक्षिण एसियाली मुलुकबीचको यो प्रतियोगीतालाई खेलकूद उत्सवको रुपमा पनि लिने गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।