काठमाडौं- कास्की २को उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराईले मतान्तर बढाउँदै लगेकी छन्।
पछिल्लो मतपरिणाम अनुसार भट्टराईले २० हजार ७ सय ७७ मत प्राप्त गरेकी छन्। कांग्रेसका उम्मेदवार खेमराज पौडेलले १२ हजार २ सय ५५ मत ल्याएका छन्। दुई उम्मेदवार बीचको मतान्तर ८ हजार ५ सय २२ पुगेको छ।
पोखरा महानगरपालिकाको ११ वटा वडा रहेको निर्वाचन क्षेत्रमा ८वटा वडाको मत गणना सकिएको छ। हालसम्म ९‚ ११‚ १५, १६, १७, २०, २१ र ३३ नम्बर वडाको मतगणना भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।