काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भूटान अधिराज्यका प्रधानमन्त्री डा लोते छिरिङले शुभेच्छा सन्देश पठाएका छन्।
भारत र भूटानका प्रधानमन्त्रीले बेग्ला-बेग्लै शुभेच्छा सन्देश पठाएर प्रधानमन्त्री ओलीको पूर्ण स्वास्थ्य र सुस्वास्थ्यको कामना गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।