खोटाङ- खोटाङको सोकला गाउँपालिका-३मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार इन्द्रबहादुर खड्काले जम्मा १ भोट प्राप्त गरेका छन्।
त्यहाँ सत्तारूढ नेपाल कम्यनिष्ट पार्टी (नेकपा)की उम्मेदवार शिवकला राईले ३ सय ९१ मत प्राप्त गरी विजयी भएकी छिन् भने प्रतिपक्ष नेपाली कांग्रेसका उम्मेदवार शुक्रबहादुर तामाङले तीन सय ७४ मत प्राप्त गरेका थिए।
त्यस्तै समाजवादी पार्टी नेपालका उम्मेदवार रमेश राईले १५ मत ल्याएका छन्। त्यहाँ कुल ७ सय ९६ मत खसेकोमा १५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।