काठमाडौ- प्रदेशसभा उपनिर्वाचनअन्तर्गत बाग्लुङ-२ (ख)को प्रारम्भिक मत परिणाममा नेपाली कांग्रेसले अग्रता लिएको छ।
२ हजार २ सय ४५ मत गणना हुँदा कांग्रेसका जितबहादुर शेरचनले १ हजार ५५ मत र राष्ट्रिय जनमोर्चाका खिमबहादुर शाहीले १ हजार ४६ मत ल्याएका छन्। शाहीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थन छ।
विसं २०७४ सालमा यो क्षेत्रमा जनमोर्चाका टेकबहादुर घर्ती ११ हजार ८ सय ८४ मत पाएर विजयी भएका थिए। त्यतिबेला कांग्रेसका जितबहादुर शेरचनको ८ हजार ६ सय २४ मत ल्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।