काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग) को खो–खो खेलमा बंगलादेशलाई हराउँदै नेपालले विजयी सुरुवात गरेको छ।
कीर्तिपुरस्थित नयाँ बजारमा आइतबार भएको उद्घाटन खेलमा नेपाली पुरुष टिमले बंगलादेशलाई २१–१९ अंकले पराजित गरेको हो। योसँगै नेपालले तीन अंक बनाएको छ।
नेपालले सोमबार दोस्रो खेलमा भारतसँग खेल्नेछ। आइतबार नै भएको खेलमा भारतले श्रीलंकालाई २१–८ अङ्कले पराजित गरेको थियो।
पाकिस्तान, भुटान र माल्दिभ्स सहभागी नभएको खोखो राउन्ड रोबिनको आधारमा सञ्चालन भइरहेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।