• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २, २०८३ Sat, May 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विनोद चौधरी बने झन् धनी, सम्पत्ति १ खर्ब ५२ अर्ब रुपैयाँ

64x64
नेपाल लाइभ बिहीबार, फागुन २४, २०७४  ००:००
1140x725

काठमाडौं– उद्योगी तथा प्रतिनिधि सभाका सांसद विनोद चौधरी विश्वको धनाड्य सूचीमा १ हजार ५ सय ६१औँ स्थानमा परेका छन्। अमेरिकी पत्रिका फोब्र्सले जारी गरेको वर्ष २०१८ का धनाड्यहरुको सूचीमा पर्ने उनी नेपालका एक मात्र खर्बपति हुन्। 

उनको सम्पत्ति हाल १ अर्ब ५२ करोड अमेरिकी डलर अर्थात् करिब १ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको फोर्ब्सले जनाएको छ। उक्त सूची अनुसार यस वर्ष पनि उनको स्थानक्रम र सम्पत्ति दुवैमा वृद्धि भएको देखिन्छ। अघिल्लो वर्षको तुलनामा हाल उनको सम्पत्ति २२ करोड अमेरिकी डलरले बढेको हो। 

गत वर्षको तथ्यांक अनुसार १ हजार ५ सय ६७औँ स्थानमा रहेका चौधरी वर्ष २०१७ को मार्चदेखि हालसम्म आफूलाई ६ स्थान माथि पुर्याउन सफल भएका छन्। 

वर्ष २०१६ को मार्चदेखि २०१७ को मार्चसम्म उनको सम्पत्ति १ अर्ब ३० करोड डलर मात्र थियो। 

६२ वर्षीय चौधरीले विविध स्रोतबाट सम्पत्ती आर्जन गरेको फोब्र्सले उल्लेख गरेको छ। 

चौधरी गु्रप (सिजी) लाई नेपालमा मात्र नभई अन्य देशमा समेत विस्तार गर्न उनको नेतृत्व सफल भएको छ। चौधरी गु्रपको व्यवसाय प्रवद्र्धनमा उनलाई ३ छोराहरु निर्वाण, राहुल र वरुणले सघाउँदै आएका छन्। 

४३ वर्ष पहिले टेक्सटाइल उद्योगमार्फत व्यापारमा प्रवेश गरेका चौधरीले आफ्नो लगानीलाई खाद्यान्न, विद्युतीय सामग्री, बियर, होटल तथा औद्योगिक पार्कलगायतमा विस्तार गरेका छन्।

नेपाल राष्ट्र बैंकको ‘क’ वर्गमा सूचीकृत नबिल बैंकमा उनको आधा हिस्सेदारी छ। 

nimb
nimb
Ncell 2
Ncell 2

विश्वभर चर्चित रहेको वाइवाइ चाउचाउ सिजीको प्रमुख खाद्य उत्पादन हो। नेपालसहित भारत, सर्बिया, साउदी अरेयिबा र बंगलादेशमा पनि उत्पादन हुने वाइवाईलाई विश्वभर उच्च गुणस्तरीय चाउचाउका रुपमा लिने गरिन्छ। नेपाल, भारत र बंगलादेशको चाउचाउ बजारमा वाइवाईले ठूलो हिस्सा ओगटेको छ। 

हालसम्म साना–ठूला गरी २९ वटा होटल खोलेको चौधरी ग्रुपको ७० भन्दा बढी होटल तथा रिसोर्टहरुमा हिस्सेदारी छ। पछिल्लो समय तारे होटल तथा रिसोर्टहरुमा लगानी वृद्धि गरेको सिजीले काठमाडौंका अलावा चितवनको मेघौलीमा मेघौली सराई होटल सञ्चालनमा ल्याएको छ। उता, पोखरा, नवलपरासी लगायतका स्थानमा समेत होटल तथा रिसोर्टहरु खुल्ने क्रममा छन्।

विनोद चौधरीले भारतको प्रसिद्ध ताज होटलको ग्रुपसँग पनि साझेदारीमा लगानी गरेका छन्। उनले एसियाली र अफ्रिकी विभिन्न मुलुकमा समेत होटल व्यवसाय विस्तार गरेका छन्। 

उनी पहिलो पटक सन् २०१३ मा फोब्र्सको अर्बपतिको सूचीमा परेका थिए। सन् २०१६ मा उनको कमाइमा ह्रास आएको भए पनि अन्य वर्ष भने कमाइको सुई निरन्तर बढेको ग्राफले देखाएको छ। 

नेपाली राजनीतिमा यो वर्ष चौधरी खुलेर सक्रिय बने। फलस्वरुप संघीय शासन व्यवस्थामा गइसकेपछि नेपालमा पहिलोपटक भएको प्रतिनिधिसभा निर्वाचनमा उनी नेपाली कांग्रेसबाट समानुपातिक सांसद चयन भए। 

चौधरीका बुवा लुनकरनदास चौधरी नेपालमा पहिलो पटक सुपरमार्केट सुरु गर्ने व्यवसायी हुन्। बुवाले सुरु गरेको व्यवसायमा सहयोग गर्न थालेपछि उनले १८ वर्षको उमेरमा नै आफ्नो पढाइ छाडेका थिए। त्यसपछि उनी लगातार व्यापार–व्यवसायमै व्यस्त छन्।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०७४  ००:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुशल भुर्तेलको शतकीय पारीमा अमेरिकामाथ नेपालको ९ विकेटको फराकिलो जित
अमेरिकाविरुद्ध कुशल भुर्तेलले बनाए शतक
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कुशल भुर्तेलको शतकीय पारीमा अमेरिकामाथ नेपालको ९ विकेटको फराकिलो जित शनिबार, जेठ २, २०८३
अमेरिकाविरुद्ध कुशल भुर्तेलले बनाए शतक शनिबार, जेठ २, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
सरकारलाई कांग्रेसको प्रश्न : नीति तथा कार्यक्रम कुनै ठट्टाको विषय होइन शनिबार, जेठ २, २०८३
हिमालचुलीको रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न संघलाई आग्रह शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति शुक्रबार, जेठ १, २०८३
अनुसन्धान विभाग फेरि गृहबाट प्रधानमन्त्रीकै मातहत सारियो शुक्रबार, जेठ १, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
जेनजीले बहिस्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल,लिए यी ६ अडान शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्