दाङ- दाङकाे प्रदेशसभा ३ (ख)को उपनिर्वाचनकाे मतगणना जारी छ। मतपरिणामअनुसार नेकपाले सुरूवाती अग्रता लिएको छ।
नेकपाकी उमेदवार विमला वलीले ८३१ मत पाएकी छन्। उनलाई पछ्याइरहेका कांग्रेसका उम्मेदवार केशवराज शर्माले २६२ मत पाएका छन्।
जिल्ला समन्वय समितिको सभाहलमा मतगणना बिहान ९ बजेबाट शुरू भएको हो। दाङ ३ (ख)मा ६८ हजार ७१९ मतदाता मध्ये ४५ हजार ७१८ ले मत खसालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।