भक्तपुर- भक्तपुर क्षेत्र नम्बर १ क को प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा कांग्रेसले अग्रता लिएको छ।
नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल २ हजार ४७० मतले अघि छन्। चाँगुनारायण नगरपालिका–१ देखि ५ वडासम्मको मतगणनामा भँडेलले ८ हजार १०१ मत प्राप्त गरेका छन् भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका देवीप्रसाद (डिपी) ढकालले ५ हजार ६३१ मत प्राप्त गरेका छन्।
नेमकिपाका निरज लवजूले १ हजार ९५३, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामप्रसाद नेपालले २६९, साझा पार्टीका सुरज प्रधानले २३६ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।