महोत्तरी- महोत्तरीको बलवा नगरपालिका वडा नं. २ काे वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
कांग्रेसका उम्मेदवार विपिन पजियार विजयी भएका हुन्। उनले प्रतिद्वन्द्वीलाई १०९ मतले पछि पार्दै विजयी भएका हुन्।
उनले ४६१ मत ल्याएका छन्। प्रतिद्वन्द्वी राजपाका बृजलाल साह सुडीले ३५२ मत ल्याएका छन्। त्यस्तै जनमत पार्टीले २२३ मत ल्याएको छ। महोत्तरीमा एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षको लागि उपनिर्वाचन भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।