एजेन्सी- अस्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नरले शनिबार अविजित व्यक्तिगत ३३५ रन बनाएर रेकर्ड बनाएका छन्। टेस्ट क्रिकेटमा वार्नरको यो दशौं सर्वाधिक व्यक्तिगत स्कोर हो।
वार्नरकाे टेष्ट क्रिकेट करियरको याे पहिलो तेहेरो शतक हाे। पूर्व उप कप्तान समेत रहेका वार्नरले पाकिस्तानविरुद्धको दोस्रो टेष्टमा ३ सय रन पुरा गरेका हुन्। वार्नरले ३ सय ८९ बलमा ३ सय रन पुरा गरेका हुन्।
योसँगै वार्नर तेहेरो शतक बनाउने सातौं अष्ट्रेलियन खेलाडी बनेका छन्। यस्तै वार्नर सर्वाधिक छिटो तेहेरो शतक बनाउने चौंथो खेलाडी बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।