कपिलवस्तु- कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका- १० को लागि भएको उपनिर्वाचनमा राजपाकी उम्मेदवार मन्जु मिश्र विजयी भएकी छिन्।
निर्वाचन कार्यालयका अनुसार खसेको १ हजार ७ सय २२ मत मध्ये मिश्रले ८ सय ६८ मत पाएकी थिइन्।
उनका प्रतिद्वन्द्वी नेपाली काग्रेसका देव भारतीले ४ सय ६५ मत ल्याएका छन्।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट अदालत मनिहारले १ सय ४७, समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी १ सय ७५, जनमत पार्टीबाट मोहम्मद हानिफ गद्दी २८, राप्रपाबाट बलभद्र मिश्र ११, मत प्राप्त गरे।
२१ मत बदर भएको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा वडाध्यक्ष बनेकी शकुन्तला भारतीको आकस्मिक निधन भएपछि रिक्त रहेको पदमा अहिले उपनिर्वाचन भएको हो।
वडाध्यक्ष पदका लागि भएको उक्त निर्वाचनमा ७ राजनीतिक दल र ५ स्वतन्त्र उम्मेदवार गरी १२ जनाको प्रतिस्पर्धा रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।