पोखरा- कास्की २ मा शनिबार भएको प्रतिनिधिसभाको निर्वाचनको मतगणना रोकिएको छ।
मतगणना सुरु हुने बेलामा प्रतिनिधिबीच विवाद हुँदा मतगणना नै रोकिएको हो।
शान्ति उदयमा मतदान अधिकृतको सही नभएको मतपत्रका विवाद निस्किएको थियो।
नेकपा र समाजवादीका प्रतिनिधिबीच विवाद हुँदा मतगणना रोकिएको हो। मदिरा सेवन गरेको आरोपमा समाजवादीका प्रतिनिधि कुलबहादुर भुजेल मतगणना स्थलबाट बाहिर निकालिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।