पोखरा- कास्की २ मा प्रतिनिधिसभाका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ। सर्वदलीय बैठकबाट निर्धारित समयभन्दा डेढ घन्टा ढिलो गरी मतगणना सुरू भएको हो नेकपा उमेदवार विद्या भट्टराईले मतदान गरेको वडा नम्बर ३३ बाट मत गन्न थालिएको छ।
उक्त निर्वाचन क्षेत्रमा ४५ हजार ५ सय ६३ मत खसेको थियो। ७१ हजार ८ सय ७१ मतदाता रहेको कास्कीमा २० हजार ७८४ पुरुष र २४ हजार ७७९ महिलाले मतदान गरेका छन्। तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन उपनिर्वाचन भएको हो।
सत्तारुढ दल नेकपा स्वर्गीय अधिकारीकै श्रीमती विद्या भट्टराई अधिकारी उम्मेदवार छिन्। नेपाली कांग्रेसबाट खेमराज पौडेल र साझा पार्टीबाट रजनी केसी प्रतिस्पर्धा गर्दैछन्।
यसैगरी, विवेकशीलबाट जमुना शर्मा, समाजवादीबाट धर्मराज गुरुङ, देशभक्त समाजबाट वीरबहादुर विश्वकर्मा, नेपाली कांग्रेस बिपीबाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ती पार्टीबाट पूर्णबहादुर राना, नेकपा मालेबाट टेकनाथ भण्डारी, मंगोल नेशनल अर्गानाइजेशनबाट रियाज गुरुङ, राप्रपा संयुक्त गंगा मल्ल, राप्रपा रोमबहादुर भण्डारी चुनावमा उम्मेदवार बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।