कांग्रेसले जितेको प्रचार भएको बाजुरा त्रिवेणी १ नेकपा विजयी

नेपाल लाइभ | २०७६ मङ्सिर १५ आइतबार | Sunday, December 01, 2019 ००:०८:०० मा प्रकाशित

बाजुरा - नेपाली कांग्रेसले विजय हासिल गरेको भनेर प्रचारित  बाजुराको त्रिवेणी १ मा नेकपाका उम्मेदवार विजयी भएका छन्। नेकपाका  मनराजे बुढा मिलन  ३६७ मतसहित विजयी भएका हुन्।
उनले कांग्रेसका खगेन्द्र चदारालाई २० मतको झिनो अन्तरले हराए। निकटतम पतिद्वन्द्वी चँदाराले ३४७ मत ल्याए भने राप्रपाका मिनबहादुर ढोलीले २ मत पाए।
जम्मा खसेको मत  ७२७ थियो। त्यसमध्ये बदर ११ भएको थियो।