नवलपरासी- पूर्व नवलपुरको बौँदीकाली गाउँपालिका वडा नम्बर ५ मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार विजयी भएका छन्।
वडाध्यक्ष पदका लागि भएको उपचुनावमा नेकपाका उम्मेदवार खिमबहादुर थापा खरु मगर विजयी भएका हुन्।
उनले ३ सय ६७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तुलबहादुर रानाले २ सय ११ मत प्राप्त गरे।
नेकपाका उम्मेदवार खिम बहादुर खरु मगरले आफ्ना प्रतिद्वन्द्वी तुलबहादुर रानालाई १ सय ३६ मत अन्तरले पराजित गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।