सिन्धुपाल्चोक- सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ को वडाध्यक्षमा नेकपा विजयी भएको छ।
रिक्त वडाध्यक्ष पदमा नेकपाका केदारप्रसाद आचार्यले ७१२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका राले तामाङले ४३१ मत ल्याए।
निर्वाचनमा पशुपति शमशेर नेतृत्वको राप्रपा (संयुक्त)ले १२ र कमल थापा नेतृत्वको राप्रपाले ३ मत ल्याएका छन्।
यसअघि उक्त क्षेत्रमा कांग्रेस निर्वाचित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।