सप्तरी- सप्तरीको छिन्नमस्ता-७ हाटीमा राजपाकी प्रमिलादेवी यादव विजयी भएकी छन्।
उनले ५४० मत प्रा्प्त गरी विजयी भएकी हुन्।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अच्छेलाल यादव ५२९ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बन्न पुगे।
यस्तै कांग्रेसका शिवनारायण मण्डलले १५, जनमत पार्टीका दिनेशकुमार यादवले ११ मत प्राप्त गरे।
सो वडामा बदर मत १५ थियो।
कुल मतदाता १ हजार ४ सय ३ रहेको वडामा १ हजार १ सय १४ मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।