भोजपुरको पौवादुङमा गाउँपालिका वडा नम्बर १ श्यामशिलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार जीतेन्द्र राई विजयी भएका छन्।
राईले नेपाली काङग्रेसका उम्मेदवार सम्मर बहादुर कार्कीलाई ४३७ मतान्तरले हराउँदै विजयी भएका हुन्। राईले ६९१ ल्याएका छन् भने उनका प्रत्यासी कार्कीले २५४ सय मत प्राप्त गरेका छन्।
मंगोलनेसनल अर्गनाइजेसनका उम्मेदवार कला राईले ३ मत प्राप्त गरेकी छन्। निर्वाचनमा १६ मत बदर भएको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिए ।
कुल मतदाता एक हजार ६१६ मध्ये ५९ दशमलव ७२ अर्थात नौ सय ६५ मत खसेको थियो। उपनिर्वाचनमा ५७५ महिला र ४४० पुरुषले मतदान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।