सर्लाही- शान्तिपूर्ण राजनीतिमा आएपछि पहिलोपल्ट निर्वाचनमा भाग लिएको डा सिके राउतको पार्टीले हार बेहोरेको छ।
सर्लाहीको हरिपूर्वा नगरपालिका १ को वडाध्यक्षमा राउत नेतृत्वको जनमत पार्टीले उम्मेदवार उठाएको थियो। उक्त पार्टीका उम्मेदवार दिनेश राय यादवले ५२ मत मात्रै पाए।
उक्त वडामा समाजवादी पार्टीका श्यामबाबु राय विजयी भएका छन्। उनले ३४७ मत पाए । उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का उम्मेदवार रामविश्वास राय र नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार दोस मोहम्मद अन्सारीले समान ३ सय २८ मत पाए। कांग्रेस भनेपाँचौ नम्बरमा पुगेको छ। काँग्रेस उम्मेदवारले जम्मा २३ मत पाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।