चितवन- प्रारम्भिक मत परिणामअनुसार चितवनका सबै वडामा नेपाली कांग्रेसले अग्रता लिएको छ।
पछिल्लो मतपरिणाम अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १६ मा नेपाली काङ्ग्रेसका उम्मेदवार अमृत हमाल २५८ मतले अगाडि रहेका छन्।
१२२९ मत गणना भइसक्दा उनले ७३० मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका भक्तराज हमालले ४७२ मत प्राप्त गरेका छन् । २० मत भने बदर भएको छ ।
त्यस्तै यता खैरहनीमा नगरपालिकाको वडा नम्बर ४ मा नेकपा बेद बहादुर अधिकारी ४ सय ४०, नेपाली काङ्ग्रेसका देव बहादुर बस्नेतले ५ सय २५ मत प्राप्त गरेका छन् ।
खैरहनी ५ मा नेकपा पुननारायण प्रधान ६ सय ८२, नेपाली काङ्ग्रेस प्रतिमा कार्की ७ सय ५४ मत छ।
खैरहनी ४ मा नेकपा वेद बहादुर अधिकारीले ६ सय ८२,नेपाली काङ्ग्रेस देवबहादुर बस्नेत ७ सय ७४ प्राप्त गरेका छन्।
अब खैरहनी ४ मा ६ सय ७२ र ५ मा १ सय ७० मत गन्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।