काठमाडौं- शनिवार भएको सम्पन्न उपनिर्वाचनको परिणाम आइरहेको छ। ११ बजेसम्मको मतपरिणाम अनुसार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले सवैभन्दा धेरै ठाउँमा जित हासिल गरेको छ।
नेकपाले हालसम्म ७, नेपाली कांग्रेसले २ र समाजवादी पार्टीले एक ठाउँमा चुनाव जितेका छन्।
नेकपाले रोल्पाको थवाङबाट विजयी सुरुवात गरेको हो। थवाङ वडान नम्बर १ मा भएको उपनिर्वाचनमा नेकपाका उमेदवार जनकबहादुर बुढाले १७४ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका कलम रोकाले २६ मत ल्याएका छन्। २०८ मत खसेकोमा थवाङमा ९ मत बदर भएको थियो।
सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ को वडाअध्यक्षको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका धर्मे बुढाथोकी निर्वाचित भएका छन्। नेकपाका उम्मेदवार बुढाथोकीले ७ सय ९२ मत ल्याई विजयी भएका हुन्। निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका खड्ग बहादुर बोहराले २ सय ५१ मत प्राप्त गरेका छन्।
कन्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ मा नेकपा्का उम्मेदवार विजयी भएका छन्। नेकपाका उम्मेदवार कृष्ण बहादुर तामाङ ५ सय २८ मत ल्याएर विजयी भएका हुन्। निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३ सय १० मत प्राप्त गरेका छन्। यस्तै समाजवादी पार्टी नेपालका भीम तामाङले ७५ मत प्राप्त गरेका छन्।
लमजुङको सुन्दरबजार २ मा नेकपाका नवीनकुमार श्रेष्ठ विजयी भएका छन्। उनले ९९३ मत ल्याए। उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रकाश सँढाई ४८२ मत ल्याएरका छन्। त्यसैगरी, राप्रपाका पवन राज वसौला १६ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार कृष्णबहादुर केसी १२ मत ल्याएका छन्। कुलमा ११ मत बदर भएको थियो।
सिन्धुपाल्चोकको इन्द्रावती ८ मा नेकपाका उम्मेदवार केदारनाथ आचार्य विजयी भएका छन् । उनले ७ सय १२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अशोक तामाङले ४ सय ३९ मतमा चित्त बुझाए ।
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टीका उमेदवार विजयी भएका छन्। सत्तारुढ दल नेकपाका उमेदवार देवप्रसाद कोइराला वडाअध्यक्षमा विजयी भएका हुन्। उनले ८६७ मत प्राप्त गरे। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दर्णबहादुर खत्रीले ५८२ मत पाए छन् ।
बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर २ को वडाअध्यक्षमा ढालेन्द्र शेरचन विजयी भएका छन्। बाम गठबन्धनबाट उम्मेदवार बनेका शेरचनले ७०४ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डिल बहादुर रानाले ४ सय १२ मत प्राप्त गरेका छन्।
बैतडी( बैतडीको सर्नया गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसले जित हासिल गरेको छ।
शनिबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका धनबहादुर चन्दले २ सय १९ मत प्राप्त गरी विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी गजेन्द्रबहादुर चन्दले २ सय १५ मत प्राप्त गरे। सो वडामा ४ मत बदर भएको छ।
कांग्रेसका चन्दले ४ मतको अन्तरले मात्र विजय हासिल गरेका हुन्।
बाजुराको त्रिवेणी गाउँपालिका १ मा नेपाली कांग्रेसका खगेन्द्र चदारा विजयी भएका छन्।
शनिबार सम्पन्न उपनिर्वाचनमा ४ सय ७३ मत प्राप्त गरी चनारा विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टीका मनराजे बुढाले २ सय ९७ मत प्राप्त गरेका हुन्।
सर्लाहीको हरिपूर्वा नगरपालिका १ को वडाध्यक्षमा समाजवादी पार्टीका श्यामबाबु राय विजयी भएका छन् । उनले ३४७ मत पाएर निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० का उम्मेदवार रामविश्वास राय र नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार दोस मोहम्मद अन्सारीलाइ पराजित गरेका हुन्।
उनीहरूले ३ सय २८ मत पाएका छन् । सिके राउतको जनमत पार्टीका दिनेश राय यादवले ५२ मत पाए भने कांग्रेस पाँचौ नम्बरमा पुगेको छ। काँग्रेस उम्मेदवारले २३ मत पाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।