पोखरा- प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा कास्की २ को मतगणना राती साढे १० बजेबाट सुरु हुने भएको छ।
सर्वदलीय बैठकले राति साढे १० बजेबाट मत गणना सुरु गर्ने सहमति जुटाएको हो।
शनिबार भएको निर्वाचनमा ६४ दशमलव ४८ अर्थात् ४५ हजार ६२१ मत खसेको थियो।
तत्कालीन पर्यटनमन्त्री एवं नेकपा सांसद रवीन्द्र अधिकारीको गत फागुनमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि कास्की २ मा उपचुनाव भएको हो।
यो निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट विद्या भट्टराई, नेपाली कांग्रेसका खेमराज पौडेल, समाजवादी पार्टीका हेमराज गुरुङ, साझाकी राजनी केसी र विवेकशील नेपाली दलकी जमुना शर्मा उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।