काठमाडौं- शनिबार सम्पन्न निर्वाचनमा यो समाचार तयार पार्दासम्म ७ स्थानको नतिजा सार्वजनिक भएको छ। यी सबै स्थानमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार विजयी भएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकटतम प्रतिद्वन्द्वी भएको छ।
रोल्पाको थबाङ-१ मा जनकबहादुर बुढा मगर र कञ्चनपुरको पुनर्वास नगरपालिका–३ को वडाध्यक्षमा कृष्णबहादुर तामाङ विजयी भएका छन्।
यसैगरी सल्यानको कुमाख-५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का धर्मे बुढाथोकी (ज्वाला) निर्वाचित भएका छन्। लमजुङको सुन्दरबजार-२ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नवीनकुमार श्रेष्ठ विजयी भएका छन्।
त्यस्तै सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-८ को वडाध्यक्षमा सिन्धुपाल्चोकमा नेकपाका केदार आचार्य विजयी भएका छन् भने काठमाडौंको दक्षिणकाली नगरपालिका-३ को वडाध्यक्षमा नेकपाका शिवभक्ति बलामी निर्वाचित भए।
त्यस्तै धुलिखेल नगरपालिका २ मा नेकपाका उम्मेदवारले ८६७ मत प्राप्त गरेका छन्। भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ५ सय ८२ मत प्राप्त गरे। सो वडानमा ३२ मत बदर भएको छ। वडामा १ हजार ५ सय २ मत खसेको थियो।
उपनिर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। शनिबार ३२ जिल्लामा ५२ पदका लागि मतदान भएको थियो। ०७४ सालमा विभिन्न समयमा तीनै तहको निर्वाचन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।