लमजुङ- लमजुङको सुन्दरबजार-२ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नवीनकुमार श्रेष्ठ विजयी भएका छन्।
श्रेष्ठ ९ सय ९३ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रकाश सेँढाई ४८२ मत ल्याए।
राप्रपाका पवन राज बसौला १६ मत प्राप्त गरेको सो वडामा स्वतन्त्र उम्मेदवार कृष्ण बहादुर केसीलाई १२ मत प्राप्त भयो।
सो वडामा कुलमा ११ मत बदर भएको थियो।
कुल २ हजार दुई सय ९७ मतदाता रहेको वडामा १ हजार ५ सय २३ मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।