काठमाडौं- सत्तारुण नेपाल कम्युनिस्ट पार्टीले उपनिर्वाचनमा सरकारी स्रोत र साधनको दुरुपयोग गरेको आरोप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगाएको छ।
शनिबार उपनिर्वाचन अन्तर्गत मतदान कार्यक्रम सम्पन्न भएपछि विज्ञप्ति जारी गर्दै कांग्रेले यस्तो आरोप लगाएको हो।
सरकारले उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भय र धाँधलीरहित वातावरणमा सम्पन्न गराउने प्रमुख दायित्व भएपनि सत्ताको संरक्षणमा भएका भौतिक आक्रमणका घटना, अनेक भय र प्रलोभनका घटना भएको उसको आरोप छ।
सरकारी पक्षको असहयोग र अनेक दबाबका बीच निर्वाचन सम्पन्न गराउने निर्वाचन आयोगलगायत सरोकारवाला सबैलाई कांग्रेसले धन्यवादसमेत ज्ञापन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।