सल्यान- कुमाख गाउँपालिका-५ को वडा अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का धर्मे बुढाथोकी (ज्वाला) निर्वाचित भएका छन्।
बुढाथोकीले ७ सय ९२ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्कबहादुर बोहराले २५१ मत प्राप्त गरे।
सो वडामा राप्रपाका गोपाल शाहले २१ मत ल्याएका छन्। ६० मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ।
कुल १ हजार ८ सय ३९ मतदाता सो वडामा १ हजार १ सय २४ जनाले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले जानकारी दिए।
तत्कालीन वडा अध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि वडा अध्यक्ष पद खाली भएकाले उपनिर्वाचन भएको हो।
यसअघि नै नतिजा सार्वजनिक भएको रोल्पाको थबाङ-१ मा जनकबहादुर बुढा मगर र कञ्चनपुरको पुनर्वास नगरपालिका–३ को वडाध्यक्षमा कृष्णबहादुर तामाङ विजयी भएका छन्।
उनीहरू दुवै जना नेकपाका उम्मेदवार हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।